वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

रवि लामिछानेले देखाइरहेको चटक अनि स्टन्डको राजनीति

नेपाली राजनीतिमा कान्छा नेता हुन् रवि लामिछाने सञ्चारकर्म बीचमै छाडेर पार्टी खोलेका रवि जसरी उदाए, त्यसरी नै क्रेज ओरालो लागेको छ।वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

०७९ को निर्वाचनमा २१ सिट ल्याएर चौथो शक्ति बनेपछि दुईपटक उपप्रधान एवं गृहमन्त्री बनेका रविको राजनीतिक छवीको पर्दा एकपछि अर्काेगरी उघ्रिँदै गएको छ।रविको एउटा चरित्र अनौठो छ, आफू सरकारमा गए सबै ठिकठाक। प्रतिपक्षमा बसे, सबै बर्बाद भयो।एमाले र माओवादी मिलेपछि गत फागुनमा दोस्रो कार्यकालका लागि उपप्रधान एवं गृहमन्त्री बनेका रवि अहिले सत्ताच्यूत हुनुको पीडामा छन्। एकाएक कांग्रेस र एमालेको समीकरण बनेपछि रास्वपा प्रतिपक्षमा पुगेको छ। अनि गृहमन्त्री छँदा स्टन्डको राजनीति गरिरहेका रवि अहिले चटक देखाउन थालेका छन्।

https://barnanmedia.com/news/detail/183656/

न्यायाधीशमा झाँगिएको सुरू सदर प्रवृत्तिले मर्दै छ न्याय

हाम्रा न्यायालयले गर्ने फैसलाको गुणस्तर जाँच्ने स्थापित विधि र संयन्त्र छैन । बेलाबेला न्याय परिषद्ले यो कुरा उठाउँछ, त्यसै सेलाउँछ । बेलाबेला बारलाई फैसला अध्ययनको बाडुली लाग्छ, इजलासतिरबाट चेतावनीको भाषा सुनेपछि बार पनि गरूडको छायामा परेको नागजस्तो बन्न जान्छ । 

प्राज्ञिक अध्ययनमा पनि यो विषय पर्दैन । सार्वजनिक सञ्चार माध्यमलाई त ठेगान लगाउन अवहेलनाको तरबार छँदै छ । अनि कसले प्रश्न गर्ने ? 

https://barnanmedia.com/news/detail/183663/

 

सिमलताल दुर्घटना अपडेट : थप एक महिलाको शव भेटियो, हाल सम्म २४ जनाको शव फेला

गत असार २८ गते शुक्रबार मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएका मध्ये २४ जनाको शव फेला परेको छ।खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले शुक्रबार (साउन ४ गते) अपरान्ह प्रकाशित गरेको बुलेटिन अनुसार २४ जनाको शव फेला परेको हो।

पछिल्लो पटक पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा महिलाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ।

https://barnanmedia.com/news/detail/183769/

रास्वपा उपसभापति वाग्लेले मुकुल ढकाललाई दिए गँजेडीको संज्ञा

 राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकाललाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले गँजेडीको संज्ञा दिएका छन् ।

ढकालले लगाएको आरोपबारे पत्रकारले प्रतिक्रिया माग्दा वाग्लेले यस्तो भनेका हुन् । पूर्वमहामन्त्री ढकालले हालै एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टी उपसभापति डा.वाग्लेले नेपाललाई भारतको एउटा राज्य बनाउनुपर्ने कुरा गरेको दाबी गरेका थिए ।

https://barnanmedia.com/news/detail/183760/

महिला एसिया कप २०२४ : उद्घाटन खेलमा नेपाल ६ विकेटले विजय

श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ ।नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

https://barnanmedia.com/news/detail/183772/

निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु सरकारको मुख्य ध्येय हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताउनुभएको छ ।

    नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको प्रस्ट पार्नुभयो ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको बताउँदै भन्नुभयो, “म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।”

के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?

 नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको छ ।

 एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा भेटी आज सुझावपत्र बुझाएको हो ।

सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताकोे अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू विषय रहेका छन् । यस्तै झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ ।

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैनः मन्त्री खड्का

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताउनुभएको छ । सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

“कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ, त्यसको सोच बनाउन जरुरी छ, सिँचाइ नपुगेका ठाउँमा सिँचाइ पुर्‍याउनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले वर्षात्मा बाढी र पहिरोका कारण ठूलो क्षति हुने भएकाले त्यसको समाधानमा विभाग चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।

रास्वपा,माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाइ विश्वासको मत नदिने

तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छाैं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो  भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको पुनले बताए ।

स्थानीय र महानगरबिच विवाद, प्रदर्शनकारीलाई वडाध्यक्ष चीनकाजीकाे साथ न्यूरोड तनाव

न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबिच तनाव भएको छ । बिहानैदेखि महानगर र स्थानीयबिच विवाद भएकामा शुक्रवार अपराह्न तनावको अवस्था निम्तिएको हो । प्रदर्शनकारीलाई वडाध्यक्ष चीनकाजी महर्जनले समेत साथ दिए । उनीसँगै स्थानीयहरू डोजरमाथि चढेर आन्दोलन गरेका छन्  । महर्जनले विगतदेखि नै  फुटपाथ विस्तारको विरोध गर्दै आएका छन् ।

महिला एसिया कप २०२४ : उद्घाटन खेलमा नेपाल ६ विकेटले विजय

श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ ।

नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

 डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ ।सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातीका रातो, पहेलो, निलो फुल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य शुरु गरेको हो । 

फुल प्रजातीका बिरुवासँगै निम, अमलालगायतका औषधीजन्य बिरुवा वितरणकार्य अगाडि बढाइएको छ । गत आबमा वितरण हुन बाँकी रहेका बिरुवा पनि वितरण भइरहेका छन् ।

गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा विकसित पछिल्लो घटना क्रमका सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरूपमा सचेत रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको उल्लेख गरेको हो ।

मन्त्रालयले ढाकास्थित दूतावासको नम्बर जारी गर्दै आवश्यक परेमा कुनै पनि समयमा यी नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ ।