महिला एसिया कप २०२४:यूएईले नेपाललाइ दियाे ११५ रनकाे लक्ष्य

एसिसी महिला टी–२० एसिया कपको पहिलो खेलमा यूएईलाई हराउन नेपालले १ सय १६ रन बनाउनुपर्ने भएको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।

यूएईका लागि खुशी शर्माले ३९ बलमा दुई चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै, कविशा इगोडाजेले २२, समाइरा धरनिधर्कले १३ र कप्तान ईशा ओझाले १० रन जोडे ।

नेपालका लागि कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् । उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, कविता जोशी, कृतिका मरासिनी र सबनम राईले एक/एक विकेट लिए । 

नेपाललाई आज ऐतिहासिक जित निकाल्ने मौका छ । हालसम्म नेपालले एसिया कपमा जित निकाल्ने सकेको छैन । नेपाल सन् २०१२ मा नेपाल बंगलादेश, श्रीलंका र चीनसँग पराजित भएको थियो । 

यस्तै, नेपालले सन् २०१६ को एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्याण्डसँग पराजय बेहोरेको थियो । हालसम्म नेपाल र यूएईबीच पाँच खेलमा भेट भएको छ, जसमा नेपालले दुई र यूएईले एक खेल जितेको छ । 

यी दुई टिमबीचको दुई खेल भने वर्षाका कारण रद्द भएको विगत छ ।