पोखरा विश्वविद्यालयका काम साउन १ गतेदेखि अनलाइनबाट पनि गर्न सकिने
शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त पार्न पोखरा विश्वविद्यालयले सबै कामहरू अनलाइनबाट पनि गर्न सकिने बनाउने भएको छ ।
एभरेस्ट इन्जिनियरिङ कलेज पुल्चोक ललितपुरले शुक्रबार गरेको एक दिने आरोहण २ कार्यक्रमको समापन समारोहमा पोखरा विश्वविद्यालय (पीयू) का रजिस्टार प्रा.डा. दीपकबहादुर भण्डारीले विश्वविद्यालयले शैक्षिक क्यालेन्डरलाई समयमै सकाउने कामलाई अझ तन्दुरुस्त बनाउन अनलाइन प्रविधिबाट काम थाल्न लागेको जनाए ।
फारम, टान्सक्रिप्टलगायतका सबै कामका लागि अनलाइनबाटै विद्यार्थीले भर्न सकिने बनाउन लागेको उनले जानकारी गराए ।देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर गन्जागोल भइरहेको भनी आलोचना वढिरहँंदा पोखरा विश्वविद्यालयका रजिस्टार प्रा.डा. भण्डारीले पोखरा विश्वविद्यालय (पीयू) ले चार वर्षे कोर्सको सर्टिफिकेट चार वर्षभित्रै दिँदै आएका बताए । पोखरा विश्वविद्यालयले शैक्षिक क्यालेन्डर अनुसार नै परीक्षा लिन, परीक्षाफल प्रकाशित गर्ने र सर्टिफिकेट दिँदै आएको उनले बताए ।
पहिला पनि नबिगारेको र भविष्यमा पनि तलमाथि नहुने उनले स्पष्ट पारे । विश्वविद्यालयले परीक्षा भएको २८ देखि ५० दिनभित्र परीक्षाफल प्रकाशित गर्दै आएको उनले जनाए ।
प्रतिक्रिया