प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाका नेताहरुलाई बाेलाए बालुवाटार

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे छलफल गर्न मोर्चामा रहेका नेताहरुलाई छलफल गर्न बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् ।

छलफलमा जनता समाजवादी पार्टी ९जसपा०, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव बालुवाटार पुगेका छन् । यो छलफलमा नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी हुँदैछन् ।