ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै धोका : प्रधानमन्त्री दाहाल

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् ।

माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै धोका दिएको टिप्पणी गरेका हुन् । दाहालले कम्युनिष्ट पार्टीबीचको सहकार्य उचित हुने ठानेर सहकार्य गरेको भए पनि ओलीले धोका दिएको बताउँदै माओवादीले विश्वासको मत प्राप्त नगरे विपक्षमा रहेर जनताको आवाज मुखरित गर्ने बताएका थिए ।

दाहालले राजीनामा दिएर नभाग्ने भन्दै संसदको फेस गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले फेस गर्ने बताएका थिए । उनले अन्य राजनीतिक दललाई पनि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न अनुरोध गरेको एक सांसदले जानकारी दिए ।