जावला खेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु

जावला खेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

]उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे अर्धबेहोश अबस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो । चिकित्सकले दुवै जनालाई ९:२७ मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।