भारतीय अभिनेता प्रदीप मृत फेला

दक्षिण भारतीय अभिनेता प्रदीप के विजयन मृत फेला परेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार उनको शव उनकै घरको बाथरुममा फेला परेको हो। उनका साथी पछिल्लो २ दिनदेखि उनलाई फोन गर्ने कोसिस गरिरहेका थिए। उनको फोन नउठेपछि साथीहरूले पुलिसलाई जानकारी दिएका थिए। 

उनले केहिसमय देखि सास फेर्न समस्या र चक्कर आउने गरेको बताउने गरेका थिए ।उनको मृत्यु हृदयाघातका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनको ‘थेगिडी’ र ‘हे सिनामिका’ जस्ता फिल्म चर्चित छ।