माछा मार्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएका व्यक्तिको सकुशल उद्धार

त्रिशूली नदीमा बेपत्ता भएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सप्तरी जिल्लाको खडक गाउँपालिका–८ घर भइ हाल कुरिनटारस्थित बियर फ्याक्ट्रीमा काम गर्ने ५६ वर्षका  बन्धुलाइ चौधरी बिहीबार (जेठ ३१ गते) दिउँसो माछा मार्ने क्रममा चिप्लिएर नदीमा बगेका थिए।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित त्रिशूली नदीमा बेपत्ता भएका उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोर सहित १० जनाको फौज परिचालन गरिएको थियो।

उनलाई साँझ सवा ५ बजे नदी किनारको पहरोमा अड्किएको अवस्थामा जीवितै उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।हात र खुट्टामा चोट लागेका उनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचार भइरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।