बझाङ  १मा २ हजार ८८ मतसहित भण्डारी अग्रतामा

बझाङ  १ को पछिल्लो मतगणना अनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । भण्डारीले २ हजार ८८ मतसहित अग्रता कायम राखेका छन्। 

त्यस्तै नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले १ हजार ३७२ मत ल्याएर भण्डारीलाई पछ्याइ रहेका छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह १ हजार २९१ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ८६४ मत प्राप्त गरेका छन्।

बझाङ १(१) मा जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, मष्टा गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका र खप्तडछान्ना गाउँपालिका तथा थलारा गाउँपालिकाको वडा नम्बर ९ पर्छन्। छबिसपाथीभेरा र थलारा गाउँपालिका ९ को मतगणना सकिएपछि अब ६ पालिकाको गणना गर्न बाँकी छ।