ग्यास सिलिन्डर पड्किएर शंखमुलमा आगलागी

काठमाडौं - काठमाडौँको शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीले बताएको छ   ।