कतारका अमिर काठमाडौँ आइपुगे

 कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन्। उनी केही बेर अगाडिमात्रै नेपाल आइपुगेका हुन्।राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थानी ३ बजेर ३८ मिनेटमा काठमाडौं उत्रिएका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति पौडेले स्वागत गरेका छन्।