दोहोरो अंकले ओरालो लाग्यो नेप्से

 साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । गत हप्ता लगातार ओरालो लागेको नेप्से यो साताको पहिलो कारोबार दिन आईतबार भने दोहोरो अंकले उकालो लागेको थियो । तर, दोस्रो दिन नै नेप्से १५.४१ अंकले घट्दै १९६९ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २० कम्पनीका ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ३ अर्ब ५ करोड ८३ लाख रुपैयाँ नाघेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ८६ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा ४९ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज कारोबार भएकामध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।