पेमेन्ट गेटवे प्रकरणमा मुछिएका सुनील पौडेलसँग २३ करोड बढि स्रोत नखुलेको सम्पत्ति रहेकाे पाइयाे

अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा  विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर

नेपाल टेलिकम का निलम्बित प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा २३ करोड ७५ लाख रूपैयाँबराबर भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ।

पौडेल २०६१ जेठ २० मा राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भएका थिए र २०६२ माघ २८ सम्म अधिकृतको पदमा नै कार्यरत रहे।

त्यसपछि यही केन्द्रमा २०६५ असार १२ मा उनी कम्प्युटर इन्जिनियर पदमा फेरि करारमा प्रवेश गरे र २०७५ असार २१ मा केन्द्रको कार्यकारी निर्देशकबन्न पुगे। उनिले त्यसपछि २०७८ चैत २५ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पद पाए। 

तर आयोगकाे अनुसन्धान अनुसार पौडेलले कहिल्यै लोक सेवा आयोगको परीक्षा दिएका छैनन्। तर, विगत २० वर्षदेखि उनी सरकारी पदमा रहेका काम गरे।

यसक्रममा  राष्ट्रिय सूचना प्रविधि केन्द्रको नेतृत्वमा हेदाँ उनि पेमेन्ट गेटवे प्रकरणमा पनि परे।विशेष अदालतले उनलाई २३ करोड २७ लाख रूपैयाँ घोटालामा दाेषी ठहर गरेकाे छ।

उक्त घोटालाको अनुसन्धान टुंग्याएपछि अख्तियारले उनको सुनील पौडेलको सम्पत्तिबारे अनुसन्धान गरेकाे थियाे। अनुसन्धानबाट उनिसँग  २४ करोड ९४ लाख ७१ हजार रूपैयाँ सम्पत्ति रहेकाे भेटिएकाे छ। जसमध्य उनकाे १ करोड १९ लाख २४ हजारकाे स्रोत खुलेकाे  वैधानिक सम्पत्ति रहेकाे छ भने बाकिँ २३ करोड ७५ लाख ४६ हजार रूपैयाँ बराबरकाे स्रोत नखुलेको सम्पत्ति उनीसँग रहेको पाइएको छ।