चिडियाखानामा अब अशक्त र वृद्धवृद्धाले गाडी चढेर अवलोकन गर्न पाउने

काठमाण्डौ – ललितपुरको जावलाखेलमा रहेको चिडियाखानामा अब अशक्त र वृद्धवृद्धाले गाडी चढेर अवलोकन गर्न पाउने भएका छन् । ललितपुर महानगरपालिकाले चिडियाखानालाई विद्युतीय गाडी दिएपछि वृद्धवृद्धा र अशक्तहरुलाई सजिलो हुने भएको हो ।

हिजो भएको कार्यक्रममा ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले चिडियाखानालाई गाडी हस्तान्तरण गर्नुभएको छ । विद्युतीय गाडी हस्तान्तरणपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाडी चढेर उद्घाटन गर्नुभएको थियो । 

चिडियाखाना अवलोकन गर्न आउने वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएकाहरुलाइ लक्षित गरेर विद्युतीय गाडी सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ ।