पाकिस्तानको मिसाइलका लागि सामान उपलब्ध गराउने चार कम्पनीमाथि अमेरिकाले के कारबाही गर्याे?

अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक सामग्री उपलब्ध गराउने चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

जसमा चीनका तीन र बेलारुसका एक कम्पनी छन्। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रतिबन्धको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, "प्रतिबन्ध लगाइएका तीन चिनियाँ कम्पनीहरूको नाम सियान लङ्दे टेक्नोलोजी डेभलपमेन्ट कं, लिमिटेड, तियानजिन क्रिएटिभ सोर्स इन्टरनेशनल ट्रेड कं, लिमिटेड र ग्रानपेक्ट कं, लिमिटेड हो। रुसको मिन्स्क ह्वील ट्रयाक्टर प्लान्टमा पनि प्रतिबन्ध लगाइएको छ ।

“यी कम्पनीहरूले पाकिस्तानको ब्यालिस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक सामग्रीहरू आपूर्ति गरेका छन्। यी कम्पनीहरूले लामो दूरीको मिसाइल कार्यक्रमका लागि सामग्री उपलब्ध गराएको छ।