इरानको दक्षिणपूर्वी क्षेत्रमा गोली चल्दा पाँच प्रहरीको मृत्यु
इरानको दक्षिणपूर्वमा रहेको अशान्त सिस्तान–बलुचिस्तान प्रान्तमा मङ्गलबार भएको आक्रमणमा परी कम्तीमा पाँच इरानी प्रहरी अधिकारीको मृत्यु भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सुन्नी मुस्लिम जिहादी समूह ‘जैश अल अदल’ले गोलीकाण्डको जिम्मेवारी लिएको छ तर एक स्थानीय अधिकारीले यसमा आपराधिक गिरोह जिम्मेवार रहेको बताएका छन् ।
सिस्तान–बलुचिस्तान प्रान्तका उपप्रशासक अलिरेजा मरहमतीले सरकारी टेलिभिजनसँग भन्नुभयो, “यस क्षेत्रमा केही सशस्त्र उपद्रवीहरूले प्रहरी गस्ती टोलीमाथि आक्रमण गरेका छन् र उक्त घटनामा पाँच प्रहरीले शाहदत प्राप्त गरेका छन् । घटनामा एक प्रहरी घाइते भएका छन् ।”
सुरक्षा फौजले आक्रमणकारीको खोजी गरिरहेको र उनीहरु जैश अल–अदलका सदस्य नभएको मरहमतीले बताउनुभयो । “यो उनीहरूको काम होइन”, उहाँले भन्नुभयो, “जिहादीहरूले आफूलाई शक्तिशाली देखाउनका लागि आक्रमणको दाबी गरेका मात्र हुन् ।”
इरानी समाचार संस्था तस्निमका अनुसार सिस्तान–बलुचिस्तानको सडकमा लामो समयदेखि लागूऔषध तस्कर गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी अतिवादीको संलग्नता रहेको अशान्तिका कारण प्रहरीका दुई गाडीमा आगजनी भएको थियो ।
गत हप्ता इरान र संयुक्त राज्य अमेरिकाले ‘आतङ्कवादी’ सङ्गठनको संज्ञा दिएको जैश अल–अदलका लडाकूहरूले पाकिस्तानी सीमा नजिकैको सिस्तान–बलुचिस्तानमा गरेको आक्रमणमा १६ सुरक्षाकर्मीको हत्या गरेका थिए ।
मृत्यु हुनेमा कानून प्रवर्तन अधिकारीहरू, इस्लामिक रिभोल्युसनरी गार्ड कोरका सदस्यहरू र अर्धसैनिक बलका सदस्यहरू रहेका तस्नीमको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टमा ‘अतिवादी लडाकू समूह’ बाट अमेरिकी हतियार र प्रविधि जफत गरिएको उल्लेखे छ।
इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान यसै साता सकिनै लाग्दा सुरक्षा चिन्ता बढेको समय पछिल्लो हिंसात्मक घटना भएको हो ।
इरानी प्रहरीले रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएको आरोपमा इस्लामिक स्टेट (आइएस) समूहका तीन संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
सन् २०२० मा अमेरिकी आक्रमणमा मारिएका रिभोल्युसनरी गार्डका शीर्ष जनरल कासिम सुलेमानीको स्मृतिमा गत जनवरीमा दक्षिणी सहर केर्मानमा ९० जनाभन्दा बढीको ज्यान जाने गरी भएको दुईवटा बम विस्फोटको जिम्मेवारी आइएसले लिएको थियो ।
इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टिनीको मृत्यु
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
विश्वमा आणविक हतियारको नयाँ होडबाजी तीव्र, भारत र पाकिस्तानद्वारा शक्ति विस्तार
ट्रम्प भन्छन्: ‘नेतन्याहु मैले जे भन्यो, त्यही मान्छन्’
प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
प्रतिक्रिया