दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने
इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा नागरिकहरूको फिर्तीलाई रोक्दछ ।
इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार नयाँ ‘सुरक्षा क्षेत्र’ स्थापना भएपछि इजरायली रक्षा बल (आईडीएफ) ले गाजाको वरिपरि रहेका ेइजरायली क्षेत्रमा आफूलाई पुनर्गठित गरेको छ ।
आइडीएफ स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “इजरायली सेनाले अब ‘गुप्तचरमा आधारित’ छापामा ध्यान केन्द्रित गर्नेछ र आवश्यकता अनुसार गाजा फर्कने छ । “सेनाको बहिर्गमन ‘राजनीतिक दबाब’सँग सम्बन्धित छैन,” सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
विश्वमा आणविक हतियारको नयाँ होडबाजी तीव्र, भारत र पाकिस्तानद्वारा शक्ति विस्तार
ट्रम्प भन्छन्: ‘नेतन्याहु मैले जे भन्यो, त्यही मान्छन्’
प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
डिभोर्स र वैवाहिक बलात्कारको मुद्दा अदालतले मेलमिलापमा पठायो, २ दिनपछि नेपा…
प्रतिक्रिया