गर्भवती सहकर्मीलाई सुत्केरी बिदा बस्न नदिन महिलाले खुवाइन् विष
चीनमा अचम्म खालको घटना सार्वजनिक भएको छ । एक चिनियाँ महिलाले सहकर्मीलाई सुत्केरी बिदा लिन नदिन र कामको भार बढ्ने स्थिति टर्न गर्भवती सहकर्मीको पानीमा विष मिसाउने गरेको खुलासा भएको छ । चीनमा कार्यालयसँग सम्बन्धित अनौठो अनौठा घटनाहरू बेला बेलामा आइरहेका छन् । यो घटना हुबेई प्रान्तको सरकार सम्बद्ध एउटा संस्थाको हो ।
संस्थामा कार्यरत एक महिला कर्मचारीले गर्भवती सहकर्मीको बच्चा तुहाउने प्रयास गरेकी छिन् । यसका लागि उनले पटक पटक पिउने पानीमा विष मिसाइएको खुलासा भएको छ । आफूले पिउने पानीको स्वाद अनौठो अनौठो रहेको पीडितले महसुस गरेपछि यो घटना सार्वजनिक भएको हो । सुरुमा त अफिसको पानी नै त्यस्तै होला भन्ने उनले सोचिन् ।
तर अफिसको पानीको सट्टामा बोतलको पानी खान थालेपछि अनौठो स्वाद आइ नै रह्यो । अनि पीडितले यसबारे आफैले छानबिन गर्न थालिन् । एक सहकर्मीले जिस्किएर कसैले तिम्रो पानीमा विष हालिरहेको हुन सक्छ भनेर भनेपछि पीडितले डेस्कको गतिविधि ट्याबलेटमा रेकर्ड गर्न थालिन् । यसै क्रममा सहकर्मीको पोल खुलेको हो । उनी डेस्क बाहिर भएको बेलामा सहकर्मी महिला उनको डेस्कमा रहेको पानीको बोतलमा पाउडर जस्तो देखिने वस्तु हालिरहेको भिडियोमा देखिएको थियो ।
यसबारे सोधखोज गर्दा गर्भवती महिला सुत्केरी बिदामा बसेपछि बढी काम गर्नु नपरोस् भनेर उनको गर्भपात गराउन पानीमा विष हाल्ने गरेको दोषी महिलाले स्वीकारेको दुईबिच विच्याटमा भएको कुराकानीले देखाएको छ । विष कस्तो प्रकृतिको थियो भन्ने स्पष्ट भएको छैन । यस मामिलालाई चिनियाँ प्रहरीहरूले संवेदनशील मानेर सोही अनुरूप कारबाही अगाडि बढाइरहेका छन् । यो घटना चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सफलताको मूल मन्त्र: निरन्तर प्रयास र अटल आत्मविश्वास
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
मुस्ताङ घुमेर फर्कने क्रममा गाडी दुर्घटना, पाँच पर्यटक घाइते
रास्वपाले भन्यो– प्रधानमन्त्रीले सदनमा जवाफ दिनुहुन्न
प्रतिक्रिया