राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए पदबाट राजीनामा

महामन्त्री भोजराज जोशी (क्वालिटी) र उपसभापति श्रृष्टी महरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् । महामन्त्री भोजराज जोशी (क्वालिटी) र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएका हुन् ।

उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको रास्वपा सुदूरपश्चिमका सभापति इन्जिनियर प्रकाश विष्टले जानकारी दिए । जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । पारस डडेल्धुराका पूर्व संयोजकसमेत हुन् ।

श्रृष्टीको ठाउँमा पनि अर्को व्यक्तिलाई जिम्मेवारी दिने रास्वपाले जनाएको छ । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ ।