चिसोले ७ भूकम्पपीडितले ज्यान गुमाइसके, सरकारले अझै अस्थायी आवासका लागि पैसा दिएन

१७ कात्तिकको भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका झन्डै एक लाख नागरिक घरबाहिर छन् । १२ जिल्लामा ६२ हजारवटा घरमा क्षति पुगेको छ । घर पूर्ण रुपमा भत्किएका त छँदैछन् । चिरा परेका घरका नागरिक पनि घरबाहिर छन् ।
घर भत्किएपछि त्रिपालको ओतमा खुला आकाशमुनि रात काट्दै आएका उनीहरुको चिसाले ज्यान गएको हो । छेडागाड–१३ की ५६ वर्षीया मनसरा कामी र जुनीचाँदे–४ की ८९ वर्षीया सुगिली नेपालीको शनिबार मृत्यु भएको हो । त्यसअघि बारेकोट–४ का ७९ वर्षीय नरेन्द्रबहादुर सिंह, बारेकोट–१ का ७० वर्षीय डुमे पुन, भेरी–२ का ८८ वर्षीय धुलेश्वर कार्की, नलगाड–४ का ८४ वर्षीय गोपालबहादुर रावल र सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको थियो ।
निकै आलोचना पनि राष्ट्रिय विपत प्राधिकरणले सोमबार मात्र जाजरकोट र पश्चिम रुकुमसहित पाँच जिल्लामा अस्थायी आवासका लागि पहिलो किस्ताबापत रकम निकासा गरेको छ । जाजरकोट र पश्चिम रुकुममा ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको छ ।
अस्थायी आवासको लागत ५० हजार भनिएको छ । तर, सरकारले निकासा गरेको २५ हजारका दरले मात्र हो । बाँकी २५ हजार निर्माण सम्पन्न भएपछि निकासा हुनेछ ।

प्रहरीद्वारा ३३ बोरा चिनी बरामद

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौंकाे जैसीदेबलमा एक पुरूष मृत अवस्थामा फेला

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौँ : प्रधानमन्त्री

नेपालीलाई अवैध रुपमा रुस पठाएर सेनामा भर्ना गराएको आरोपमा१२ जना पक्राउ

‘आजीवन राजनीति गर्यो, पैसा खर्च गर्नेले निर्वाचन जित्छ, यो अवस्था बदल्नुपर्छ’

प्रतिक्रिया