केही दिन निरन्तर उच्च विन्दुमा रहेको डलर आज घट्याे

काठमाडौं। नेपाली बजारमा आज अमेरिकी डलरको भाउ घटेको छ । केही दिन निरन्तर उच्च विन्दुमा रहेको डलर आज तल झरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर खरिदतर्फ १३२ रुपैयाँ ७४ पैसा र बिक्रीतर्फ १३३ रुपैयाँ ३४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर खरिदमा १३३ रुपैयाँ ४ पैसा र बिक्रीतर्फ १३३ रुपैयाँ ६४ पैसा थियो ।
यस्तै, आजका लागि युरो खरिदमा १४४ रुपैयाँ २० पैसा र बिक्रीमा १४४ रुपैयाँ ८५ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६५ रुपैयाँ ४३ पैसा र बिक्रीमा १६६ रुपैयाँ १८ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३९ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९१ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८३ पैसा र बिक्रीमा ८ रुपैयाँ ८७ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ३३ पैसा र बिक्रीमा १८ रुपैयाँ ४१ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५५ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ २१ पैसा र बिक्रीतर्फ १० रुपैयाँ २६ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ ५० पैसा र बिक्रीमा ४३२ रुपैयाँ ४४ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ८ पैसा र बिक्रीमा ३५३ रुपैयाँ ६७ पैसा तय गरिएको छ।

न्यूरोडबाट सुनसहित एक जना पक्राउ

औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

तोलामै २ हजार ४०० रुपैयाँ घट्यो सुन

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत

तारागाउँ रिजेन्सी होटलको शेयर कारोबार स्थगन

नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने

प्रतिक्रिया