अध्यक्ष नेपाल स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता हुनुभएको छ ।
दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो ।
‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको सो पार्टीले जनाएको छ ।

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किन जाँदैछन साउदी र युएईको भ्रमणमा?

सरकार फेरबदलको कुरा भएको छैन: महामन्त्री शर्मा

राष्ट्रिय सभा चुनाव : सत्ता गठबन्धनमा भागबन्डाको तयारी

एमालेको भारी जित, राष्ट्रियसभामा बहुमत हार्यो

कम्युनिष्टको एकता आजको आवश्यकता : महासचिव गुरुङ

प्रतिक्रिया