ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालूआर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार असोज मसान्तसम्म लघुवित्तले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.८५ प्रतिशतले बढेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १२.२२ प्रतिशत र सञ्चालन मुनाफा २६.७४ प्रतिशतले बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६२ पैसा बढेर २१ रुपैयाँ ९८ पैसा कायम भएको छ। यस्तै मूल्य आम्दानी अनुपात ३९.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ५० पैसा छ।
६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा ५० करोड ४३ लाख रुपैयाँ छ। असोज मसान्तसम्म लघुवित्तले ७ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा भने ६७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

न्यूरोडबाट सुनसहित एक जना पक्राउ

औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

तोलामै २ हजार ४०० रुपैयाँ घट्यो सुन

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत

तारागाउँ रिजेन्सी होटलको शेयर कारोबार स्थगन

नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने

प्रतिक्रिया