सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । यसअघि लगातार बढेर दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्य सोमबार केही सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ५ सय रुपैयाँ सस्तिएको छ । 

महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा झरेको छ ।

आइतबार सुनको काराेबार तितोला एक लाख १७ हजार रुपैयाँ पुुगेको थियो । सोमबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर ४ सय १० रुपैयाँ कायम भएको छ ।