रुसले पठायो गाजामा २७ टन सहायता सामग्री

रुसले बिहीवार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपत्कालीन मन्त्रालयले बताएको छ ।
‘मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिशतर्फ एक विशेष विमानले उडान भरेको छ, गाजापट्टीमा पठाउनका लागि रुसी मानवीय सामग्री इजिप्टको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिने छ,’ उपमन्त्री इल्या डेनिसोभले एक विज्ञप्तिमा भन्नुभयो । उनका अनुसार मानवीय सामग्रीमा गहुँ, चिनी, चामल र पास्ता रहेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता शुरू गरेका छन् । गाजाबाट इजरायली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् ।
इजरायलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रवारदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताए ।

चर्चित कार्यक्रम ‘सीआईडी’का अभिनेता दिनेश फडनिसको निधन

रहस्यमय ठाउँ जहाँबाट कुकुरले हाम फालेर गर्छ आत्महत्या

मणिपुरमा हिंसात्मक झडप हुँदा १३ जनाको मृत्यु

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता

मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपा अगाडि, तेलङ्गनामा क…

युक्रेनमाथि रूसको विजयका लागि एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको नि…

युक्रेन युद्ध: रुसद्वारा निशस्त्र युक्रेनी युद्धबन्दीहरूलाई मारेको आरोप

प्रतिक्रिया