सेनाभित्र फेरि घुसपैठ गर्न खोजियाे भने ०६६ मा भोग्नु परेभन्दा चर्को मूल्य पर्नेछः विष्णु रिजाल

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाह्रा र नङ्ग्रा नभएको टिप्पणी गरेका छन् ।
नेपाली सेनाभित्र प्रधानमन्त्री दाहालले चलखेल गर्न खोजेको भन्दै उनले प्रचण्डसँग हिजोका जस्ता दाह्रा र नङ्ग्रा नभएको बताएका हुन् । विगतमा पनि सेना चलाएर आफ्नो अनुकुल गर्न खोज्दा असफल भएका प्रचण्डले पुन: त्यही खेल दोहोर्‍याउन खोजेको भन्दै उनले सचेत समेत गराएका छन् ।
‘इतिहास दोहोरिँदा मजाक मात्र हुन्छ भन्ने प्रचण्डलाई यादै होला । थपमा त्यो कठोर र भोग्न कठिन हुन्छ । चर्चामा आए जस्तै सेनाभित्र फेरि घुसपैठ गर्न खोजिएको हो भने सेनापतिलाई हटाउन खोज्दा ०६६ मा भोग्नु परेभन्दा चर्को मूल्य पर्नेछ । आजका प्रचण्ड हिँजोका होइनन्, दाह्रा–नंग्रा छैनन्,’ उनले ट्विट गर्दै लेखेका छन् ।
इतिहास दोहोरिँदा मजाक मात्र हुन्छ भन्ने प्रचण्डलाई यादै होला । थपमा त्यो कठोर र भोग्न कठिन हुन्छ । चर्चामा आए जस्तै सेनाभित्र फेरि घुसपैठ गर्न खोजिएको हो भने सेनापतिलाई हटाउन खोज्दा ०६६ मा भोग्नु परेभन्दा चर्को मूल्य पर्नेछ । आजका प्रचण्ड हिजोका होइनन्, दाह्रा–नंग्रा छैनन् ।
— Bishnu Rijal (@bishnurijal1) October 17, 2023

विशेष अदालतमा कुँवरको सक्रियताः कार्यभार सम्हालेको भोलिपल्टै चर्चित मुद्दाको फ…

विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग बलियो बनाउँने

दुर्गा प्रसाईंका समर्थकले एनआईएमबीका सहायक म्यानेजर पनेरुमाथि अभद्र व्यवहार

बिहानै महोत्तरी किन पुगे प्रधानमन्त्री ‘प्रचण्ड’?

सर्तअनुसार काम नगर्दा ५ कम्पनी कालोसूचीमा

जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ– नेता गिरी

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

प्रतिक्रिया