राप्रपा नेपालद्वारा आज ललितपुरमा प्रदर्शन गर्ने

काठमाडाैँ।राप्रपा नेपालले आज ललितपुरकाे लगनखेलमा दिउँसो १ बजे देखी प्रदर्शन गर्दैछ । साे प्रदर्शन कमल थापा नेतृत्वको राप्रपा नेपालले ललितपुरमा गर्न लागेको हो ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्यको निमित्त एकजुट बन्न आग्रह गर्दै राजसंस्था र हिन्दु अधिराज्य स्थापनाका साथै संघीयताको खारेजीका लागि जनआन्दोलनको तयारी स्वरुप सो प्रदर्शन गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।