
उम्मेदवारी घोषणापछि चुनावी तयारी तिब्र पार्दै अधिकारी, यस्तो छ रणनीति ?


गैर आवासीय नेपाली संघ (एनआरएन)को अध्यक्ष पदमा विनिय अधिकारीले उम्मेदवारी घोषणागरेसँगै आफ्नो चुनावी अभियानालाई तिब्र पारेका छन् ।
चुनाव आगामि अक्टोबर १७ देखि २० सम्म हुने ११ औं महाधिवेशनमा हुँदै छ । ‘नेपाल बाहिरको नेपाली, सुख दुःखको साथी’ भन्ने नारालाई आत्मसाथ गर्दै एनआरएनको संस्थागत विकासका लागि आगामि कार्यकालको लागि उम्मेदवारी दिएको बताउँदै आएका छन् । हालै मात्र बेलायत भ्रमण सकेर आफ्नो माहोललाई थप बलियो बनाएको उनको भनाईछ । उनले भने,‘ बेलायत, अमेरिका, कतार लगायतमा मेरोनिकै राम्रो माहोल बनेको छ ।’
नेपालमा लगानी भित्र्याउनका लागि ५० अर्बको एनआरएनए कोष बनाउने घोषणा समेत गरेका छन्।
गैर आवासिय नेपाली संघमा अबद्द सदस्य तथा कार्यकारीहरूको क्षमता तथा नेतृत्वशैलीमा थप विकाश गरी प्रोफेश्नल सिप तथा उत्प्रेरणा अभिबृद्दिको लागी अन्तराष्ट्रिय स्तरका तालिम प्रदायक तथा विशेषज्ञबाट कार्यशाला तथा तालिम आयोजना गरिने बताए ।
उनले उम्मेदवारीसँगै २७ बुँदे प्रतिबद्धतापत्र जारीसमेत गरेका छन् । पछिल्लो समय एनआरएनभित्र देखिएको विकृति र विसंगतिलाई हटाउनका लागि आफुँले अध्यक्ष पदमा उम्मेवादरी दिएको बताए । उनले भने,’ अहिले चुनाव लड्नका लागि चर्को शूल्क लिने अमानविय कार्यलाई परिवर्तन गर्नुपर्ने अबस्था छ यसमा मेरो प्रयत्न रहने छ ।’
गोर्खा जिल्लाको फुजेलमा जन्मिएका अधिकारीले हाल बेलायतको क्यामरिज विश्वविद्यालयबाट राजनीति र समाजशास्त्रमा पिचडी गर्दै छन् । त्यस्तै हालै उनले एनआरएनमा घटेको विभिन्न विषयबस्तु समेटेर गार्खामा पुगेर गीत रेकर्ड समेत गराएका छन् ।