
वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु


वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु
औषधि व्यवस्था विभागले किन १०३ एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन दियाे?
औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए ।
https://barnanmedia.com/detail/1695075804-l-eb-oc-23-09-19
मुख्यमन्त्री कार्की नयाँ रणनीति बनाउँदै,दुई पूर्वमुख्यमन्त्री शेरधन र राजेन्द्रब...
कोशी प्रदेश सरकारमा चुलिएको सत्ता सङ्कटका विषयमा कोशी प्रदेशका दुई पूर्वमुख्यमन्त्रीबीच हिजाे भेटवार्ता भयाे।सत्ता सङ्कटका विषयमा दुई पूर्वमुख्यमन्त्री राजेन्द्र राई र शेरधन राईबीचमा धरानमा भेट भएको हो ।
https://barnanmedia.com/detail/1695076431-buii-b-aall-jm-23-09-19
सत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?
सत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लहलहैमा लागेर एमालेसँग सम्बन्ध विच्छेद गरेका नेपालले गत मंसिरको चुनावमा अपेक्षाअनुरुप सिट ल्याउन सकेनन् । तर पनि कांग्रेस, माओवादी, जसपा, जनमत र नागरिक उन्मुक्तिसँगको गठबन्धनका आधारमा उनी नेतृत्वको दल पनि सरकारमा छ । यो दलबाट सहरी विकास र कृषि मन्त्री छन् । तर, पनि नेपाल सत्ता गठबन्धनसँग सन्तुष्ट देखिँदैनन् । नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताए । सोमबार काठमाडौंमा आयोजित पार्टीको
https://barnanmedia.com/detail/1695077068-b-e-l-60-23-09-19
आज मनाइँदै ऋषिपञ्चमी पर्व
आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
https://barnanmedia.com/detail/1695078376-aa-i-vf-23-09-19
आज - ०२ आश्विन २०८० मंगलवार को राशिफल
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।
https://barnanmedia.com/detail/1695080148-aa-aa-l-l-pw-23-09-19
आज गणेश चतुर्थी पर्व
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।
https://barnanmedia.com/detail/1695081418-aa-eh-23-09-19
शिक्षक महासङ्घलाई वार्तामा आउन सरकारको आग्रह
काठमाडाैँ।नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ ।
https://barnanmedia.com/detail/1695082686-lii-aau-aa-9q-23-09-19
अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न थप सहयोगको खाँचो : प्रधानमन्त्र...
काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।
https://barnanmedia.com/detail/1695083659-al-llii-l-l-l-pe-23-09-19
अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने
साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने पनि निर्देशिकामा उल्लेख छ । कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भइसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ ।
https://barnanmedia.com/detail/1695084158-ab-a-ull-a1-23-09-19
सिमकार्ड डुप्लिकेसन गरी छ लाख बढी ठगी गर्ने पक्राउ
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।।नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ ।
https://barnanmedia.com/detail/1695084394-l-l-b-u-hp-23-09-19
परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट
काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ ।
https://barnanmedia.com/detail/1695085257-u-u-lb-5y-23-09-19
नेकपा एमालेले आज दिवंगत नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना ग...
एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो । शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो ।
https://barnanmedia.com/detail/1695085958-ell-aa-aa-n4-23-09-19
सर्वमान्य नेता गणेशमान सिंहको आज २७ औं स्मृति दिव
काठमाडौं। सर्वमान्य नेता गणेशमान सिंहको आज २७ औं स्मृति दिवस हो । गणेशमान सिंह (वि.सं.१९७२–२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी ।
https://barnanmedia.com/detail/1695086277-aa-78-23-09-19
प्रधानमन्त्री दाहालको आग्रहमा अपराधीलाई आममाफी दिन राष्ट्रसंघ तयार होला ?
नेपालमा शान्ति प्रक्रियाका बाँकी काममा संक्रमणकालीन न्यायको विषय मात्र बाँकी छ । संक्रमणकालीन न्यायको प्रक्रिया पीडितलाई केन्द्रमा राखेर टुग्याउनुपर्ने र गम्भीर फौजदारी अपराधमा आममाफी दिन नहुने भन्दै राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरिरहेको छ ।
सहश्रब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ ।
https://barnanmedia.com/detail/1695088881-b-l-l-ll-u-e-l-of-23-09-19
आवेश र आक्रोशमा होइन, शान्तिपूर्ण र मर्यादित प्रस्तुतिले इज्जत बढाउँछ : सांसद या...
सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद दिनेशकुमार यादव सदन निममितरूपमा सञ्चालन भएको खण्डमा उपस्थितिमा देखिँदै आएको गणपूरक सङ्ख्याको विषय स्वतः अन्त्य हुने धारणा राख्नुहुन्छ ।
https://barnanmedia.com/detail/1695089528-aa-aa-i-l-i-bu-g3-23-09-19
आज राष्ट्रिय शिक्षा दिवस
‘समावेशी र सीपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।
https://barnanmedia.com/detail/1695091027-aa-mx-23-09-19
सरकारले नेपाली सेनाका कर्णेल यामबहादुर अधिकारीको अवकाशलाई जानबाट फेरि पनि रोक्या...
अधिकारी ९प्रतीक्षा०को पदावधि सरकारले तीन वर्ष थपिदिएको छ । अधिकारी असोज १ गते अवकाशमा जान लागेका थिए तर सरकारले उनको पदावधि तीन वर्ष थपिदिएको हो।प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले असोज १ गते सोमबारबाट अवकाशमा जानु पर्नेमा रक्षा मन्त्रालयलाई पत्राचार गरेर जागिर थमौती गर्न भनेपछि कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जागिर थमौती गरेका हुन् ।
https://barnanmedia.com/detail/1695091666-l-l-l-b-a-alii-b-lk-23-09-19
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहकाे छुट्टै बैठक बस्दै,...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहको छुट्टै बैठक बस्दैछ। बैठक आज बस्न लागेको हो। नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएका छन।
https://barnanmedia.com/detail/1695092091-l-ba-i-b-b-lii-qz-23-09-19
सार्वजनिक बस सेवा सञ्चालनका लागि लेन तोक्ने तयारी
सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्य विनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । हाललाई भक्तपुरको सुर्यविनायक देखि काठमाडौंको लैनचौर सम्म सार्वजनिक सवारीसाधनको लागि सडक विभागले रातो रंग पोतेर लेन छुट्ट्याउन थालको हो।
https://barnanmedia.com/detail/1695092824-b-l-l-l-hy-23-09-19
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।
https://barnanmedia.com/detail/1695095210-a-a-ys-23-09-19
गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्नेमा कांग्रेस नेता सिंहको जोड
मंगलवार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६ औँ स्मृति दिवसको अवसरमा उहाँको शालिकमा माल्यापर्ण गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले सरकार गठन हुँदा भएको दलहरुबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताउनु भयो ।
https://barnanmedia.com/detail/1695096395-b-b-lii-bl-js-23-09-19
काँक्रो खेतीबाट मनग्य आम्दानी
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । मौसमी र बेमौसमी काँक्रो खेती गरी उहाँले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उहाँले घर–व्यवहार सहजरूपमा चलाउनुभएको छ ।
https://barnanmedia.com/detail/1695097889-b-aa-6f-23-09-19
नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण
गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो । विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ ।
https://barnanmedia.com/detail/1695098606-l-l-ht-23-09-19
पहिराले दुई विद्यालय भवन जोखिममा
पहिराको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् । दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका हुन् ।
https://barnanmedia.com/detail/1695099218-l-ii-l-fo-23-09-19