
हेटौँडामा नौ क्विन्टल गाँजासहित दुईजना पक्राउ

रासस
२०८० भाद्र ३१, आईतवार २३:४९:००
काठमाडाैँ।सशस्त्र प्रहरी बल १४ नं गढ हेडक्वार्टर मकवानपुरले हेटाँैडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ । टोलीले आज बिहान ४ बजे हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय एन एल ०१ एसी २१४४ नंको ट्रकबाट नौ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताउनुभयो ।
विशेष सूचनाका आधारमा सवारी खानतलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको कार्कीले बताउनुभयो । बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखी पुनः वेल्डिङ गरेर लुकाई ल्याएको अवस्थामा गाँजा बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेको कार्कीले बताउनुभयो ।
सम्बन्धित खवर
२०८० आश्विन १३, शनिबार
खाँणलाई थुनामा पठाउनेमाथि 'कारवाही', विशेषका बदनाम न्यायाधीश...
२०८० आश्विन १३, शनिबार
सक्षम र सुदृढ न्यायपालिका बनाउने जिम्मेवारी पूरा गर्छु : प्र...
२०८० आश्विन १२, शुक्रबार
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश
२०८० आश्विन १०, बुधबार
त्रियुगा पूर्वनगरप्रमुख चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा, १ कर...
२०८० आश्विन १०, बुधबार
अख्तियार र सिआइबीबाट जोगिएका माधव नेपाल र बाबुराम भट्टराई सर...
२०८० आश्विन १०, बुधबार
६ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका सबै संरचना हटाउन सर्वो...
भर्खर
-
३ मिनेट अगाडिभारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई...
-
१३ मिनेट अगाडिनेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्...
-
३६ मिनेट अगाडिभाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस...
-
५५ मिनेट अगाडिराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र ल...
-
१ घण्टा अगाडिप्रधानमन्त्री स्वदेश फिर्ता
-
१ घण्टा अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन