
भारतलाई आठौँ पटक एसिया कपको उपाधि, श्रीलंका १० विकेटले पराजित

वर्णन संवाददाता
२०८० भाद्र ३१, आईतवार १८:३९:००
काठमाडौँ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । घरेलु मैदान आयोजना गर्ने विश्वकप एक दिवसीय क्रिकेटअघि भारतले खुशी लिएर स्वदेश फर्कने भएको हो ।
पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा श्रीलंकामाथि १० विकेटको जित हासिल गर्दै भारतले आठौँ उपाधि जितेको हो ।
१६ संस्करण सकिएकामा आधा उपाधि भारतको पोल्टामा गएको हो । भारत ११ पटक फाइनलमा पुगेकामा तीन पटकमात्र उपविजेता भएको छ ।
श्रीलंका ६ पटक विजेता तथा ७ पटक उपविजेता भएको छ । पाकिस्तानले २ पटक उपाधि जितेको छ । ३ पटक उपविजेता भएको छ ।
आइतबार (भदौ ३१ गते) भएको फाइनलमा श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्यो । आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ५० रनमै अलआउट भएको छ ।
कुशल मेन्डिसले १७ र दुशान हेमन्थाले अविजित १३ रन बनाएको इनिङमा अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
१५.२ ओभरमात्र क्रिजमा टिकेको श्रीलंकाका पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् ।
भारतका लागि मोहम्मद सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए ।
तीव्र गतिका बलरलाई फाइदा नहुने पिच भनेर क्रिकेट पंडितहरुले ब्याख्या गरेको भए पनि त्यस विपरीत भारतीय तीव्र गतिका बलरहरुले कमालको बलिङ गरे ।
जवाफमा भारतले ६.१ ओभरमै कुनै विकेट नगुमाई जित हासिल गर्यो । शुबमन गिलले १९ बलमा २७ तथा इशान किशनले १८ बलमा २३ रन बनाए ।
यति ठूलो टिममाथि मात्र ६.१ ओभरमै हासिल गरेको जित भारतका लागि सबैभन्दा ठूलो जित हो ।
श्रीलंकाले भने करियरकै दोस्रो कम योगफल बनाएको हो ।
भारतलाई खुशीको झोली
यो खेलबाट भारतले पाँच वर्षको उपाधि खडेरी चिरेको छ । साविक विजेता श्रीलंका भने उपाधि रक्षा गर्न असफल भएको छ ।
दुवै टिम आठौँ पटक एसिया कपको उपाधिका लागि फाइनलमा भिडेका हुन् ।
हेड टु हेड
यसअघि भएका सात आपसी भिडन्तमा भारतले ४ तथा श्रीलंकाले ३ पटक उपाधि जितेको थियो ।
जसमा भारतले ९७ तथा श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेल भने नतिजाविहीन भएको थियो । एक खेल बराबरी (टाइ) मा सकिएको थियो ।
यसअघि एसिया कपमा यी दुईबीच २० खेल भएकामा दुवै टिमले १०–१० खेल जितेका छन् ।
सुपर फोरमा ४–४ अंकसहित भारत र श्रीलंकाले फाइनल खेलेका हुन् । बंगलादेश र पाकिस्तानले समान २–२ अंक बटुले ।
पहिलो पटक एसिया कप खेलेको नेपाल र बंगलादेश भने समूह चरणबाटै बाहिरिएका थिए ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको तथा भारतसँग १० विकेटको हार बेहोरेको थियो । पाकिस्तानसँग आधा समय बढी बलिङमा लिएको नियन्त्रण र भारतविरुद्ध बनाएको २३० रन नेपालका लागि प्रशंसायोग्य थियो ।
सम्बन्धित खवर
बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
कास्की ३७ रनले विजयी
कास्कीले ३७ रनले तनहुँलाई हरायो
एसियाली खेलकुद : नेपाल सेमिफाइनलमा प्रवेश
राष्ट्रिय खेलाडी विदेश पलायन : बाध्यता कि रहर?
‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि दस्तावेज : क...
भर्खर
-
१७ मिनेट अगाडिराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र ल...
-
३० मिनेट अगाडिप्रधानमन्त्री स्वदेश फिर्ता
-
५३ मिनेट अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
-
१ घण्टा अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
१ घण्टा अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
-
२ घण्टा अगाडिचाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन