
उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाइ कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी


काठमाडाैँ।उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्काले पाएका हुन। प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम खड्काले गर्ने गरी जिम्मेवारी दिइएको हो।
प्रधानमन्त्री प्रचण्ड हिजै अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्डले १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्री दाहाल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन र तत्पश्चात् जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको सिलसिलामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
७८ औं महासभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्नेछन्।न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्।