
गगन थापासँग किन विच्किए शेखर ?


काठमाडाैँ।कांग्रेस नेता शेखर कोइराला महामन्त्री गगन थापासँग विच्किएका छन् । कांग्रेसको २२ औँ महाधिवेशनमा थापा कोइराला प्यानलबाट महामन्त्री बनेका थिए । शेरबहादुर देउवासँग चुनाव लडेका कोइराला भने सभापतिमा पराजित भए ।
शेखरले आगामी महाधिवेशनमा पनि नेतृत्वका लागि लड्नसक्ने आकलन भइरहेका बेला महामन्त्री थापा कोइरालालाई बाइपास गर्दै अगाडि बढेपछि उनी रुष्ट बनेका थिए । कांग्रेस संसदीय दलको नेतामा हार्ने निश्चित भए पनि देउवासविरुद्ध लडेर इतर समूहबाट आगामी नेतृत्वको दाबेदार आफू मात्र हो भनेर देखाउन चाहेका थिए थापाले । त्यही भएर उनले चुनाव लडे ।
तर, पछिल्लो पटक इतर समूहमा थापा हावि हुन थालेका छन् ।
त्यति मात्र होइन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा सभापति देउवालाई पेलेरै जाने रणनीतिमा छन् । उनीहरुले केही महिना अघि सभापति देउवालाई बाइपास गरेर जिल्ला सभापतिहरुसँग छलफल गरेका थिए ।
त्यही भएर नेता शेखर कोइरालले पार्टीका सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएको बताएका छन् । बीपी स्टडी युथ सर्कलले धुलिखेलमा गरेको कार्यक्रममा उनले भने, ‘सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ । अनि पार्टी चल्छ कसरी ? हामीले यो सोचेका छौं कहिले? ’
उनले स्पट भनेका थिए, ‘सभापतिय प्रणाली हो भने हामी त्यही हिसाबले हिँड्नुपर्यो । होइन भने अरू कुनै उपाय सोच्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । बिपीका पालामा प्रेसिडेन्सियल सिस्टम थियो, चलिराखेकै थियो ।
अहिले बहु पदीय छ, म बहपदीयलाई खराब भन्दिनँ । तर यसले पनि हामीलाई बिगारिराखेको छ ।’