
साहित्यकार तथा पत्रकार पराजुलीको अन्त्येष्टि

रासस
२०८० भाद्र २६, मंगलवार २२:००:००
साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको अन्त्येष्टि गरिएको छ । निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन हुनुभएका पराजुलीको साँझ पशुपति आर्यघाटमा अन्येष्टि गरिएको हो । कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाउनुभएका पराजुलीलाई उहाँका छोराले दागबत्ती दिनुभएको थियो ।
पराजुलीले केही समय अघि मात्रै कथासङ्ग्रह ‘जन्तरमन्तर’ प्रकाशित गर्नुभएको थियो । स्व पराजुलीका ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा माक्र्स्’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’लगायतका कृति प्रकाशित छन् ।
स्व पराजुलीले पत्रकारको रुपमा राजधानी दैनिक, नेपाल समाचारपत्र, नागरिक र आर्थिक आभियान दैनिक पत्रिका तथा बाह्रखरीलगायतका अनलाइनमा काम गर्नुभएको थियो ।
सम्बन्धित खवर
२०८० आश्विन ८, सोमबार
आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार प्रदान गरिने
२०८० आश्विन ३, बुधबार
बिपी साहित्य महोत्सवको स्थगित कार्यक्रम सम्पन्न : छ वटा सत्र...
२०८० भाद्र ३१, आईतवार
पाँचौ बाह्रखरी कथा लेखन प्रतियोगिता घोषणा
२०८० भाद्र २९, शुक्रबार
डा ओम मूर्ति अनिलको ‘जीवन सम्बन्ध’ पुस्तकअनावरण
२०८० भाद्र २५, सोमबार
बिपी साहित्य महोत्सव : साहित्य र राजनीतिमा विचार विमर्शको सङ...
भर्खर
-
५८ मिनेट अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
१ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
२ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
३ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
३ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन