
भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु

रासस
२०८० भाद्र २५, सोमबार १९:५५:००
काठमाडाैँ। भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो । तीनजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिनुभयो ।
घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् । कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ । उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए । उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ ।
सम्बन्धित खवर
२०८० आश्विन १०, बुधबार
विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
२०८० आश्विन ८, सोमबार
प्रधानमन्त्री दाहालको चीन भ्रमणः राष्ट्रपति सीसँग भेट्न पाउन...
२०८० आश्विन ७, आईतवार
भारतको नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै
२०८० भाद्र २८, बिहीबार
भियतनाम पहिरोमा पाँच जना पुरिए
२०८० भाद्र २७, बुधबार
लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता
२०८० भाद्र २६, मंगलवार
चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण...
भर्खर
-
३० मिनेट अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
१ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
२ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
२ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
२ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
-
३ घण्टा अगाडिकाठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई...
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन