
नेपाल र म्यानमारबीचको खेल गोलरहित बराबरीमा सकियो

रासस
२०८० भाद्र २२, शुक्रबार २२:३४:००
काठमाडाैँ।नेपाल र म्यानमारबीच आज भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
म्यानमारमा भएको उक्त मैत्रीपूर्ण खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । नेपालका अञ्जन विष्टले पेनाल्टी अवसरलाई गुमाए । उनले खेलको दोस्रो हाफमा पाएको पेनाल्टी अवसरलाई सदुययोग गर्न सकेनन् । खेलको ५८औँ मिनेटमा अञ्जनकै प्रहारलाई म्यानमारका खेलाडीले हातले रोकेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा अञ्जन गोल गर्नबाट चुके ।
अर्को महिना लाओस विरुद्ध हुने विश्वकप तथा एसिया कप छनोट प्रतियोगिताको तयारी स्वरुप नेपाल म्यानमार पुगेको हो । अब नेपालले आफ्नो दोस्रो यही भदौ २५ गते म्यानमारसँग खेल्नेछ ।
सम्बन्धित खवर
२०८० आश्विन ८, सोमबार
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित
२०८० आश्विन ८, सोमबार
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
२०८० आश्विन ७, आईतवार
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरण...
२०८० आश्विन ७, आईतवार
क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको ब...
२०८० आश्विन ६, शनिबार
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
२०८० आश्विन ६, शनिबार
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
भर्खर
-
७ मिनेट अगाडिउपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्...
-
९ मिनेट अगाडिललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग
-
१२ मिनेट अगाडिअर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहाय...
-
४२ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
४७ मिनेट अगाडिविभिन्न धनमाल चोरी
-
१ घण्टा अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
लोकप्रिय
-
१३ घण्टा अगाडिन्यायमा धनराजको घन