
कोशी प्रदेश सरकारविरुद्धको रिटकाे आजै आदेश आउने

वर्णन संवाददाता
२०८० भाद्र २१, बिहीबार १४:४५:००
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा निवेदकको तर्फको जवाफी बहस पनि सकिएको छ ।
बिहीबार अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए । गत भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिनेक्रममा सभा अध्यक्ष ईस्राइल मन्सुरीलाई पनि मतदान गर्न लगाएपछि पूर्व मुख्यमन्त्री कार्की सर्वोच्च अदालत गएका थिए ।
मंगलबार विपक्षीका तर्फबाट बहस सकिएकाले आज रिट निवेदकको तर्फबाट जवाफी बहस भएको हो । मुद्दाको फैसला आजै गर्ने गरी इजलासले तयारी गरिरहेको छ ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दीर्घकालीन महत्वका निर्णय नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको थियो ।
सम्बन्धित खवर
२०८० आश्विन १३, शनिबार
सर्वोच्चका न्यायाधीशको कार्यकाल सात वर्षमात्रै कायम गर्न नेप...
२०८० आश्विन १३, शनिबार
खाँणलाई थुनामा पठाउनेमाथि 'कारवाही', विशेषका बदनाम न्यायाधीश...
२०८० आश्विन १३, शनिबार
सक्षम र सुदृढ न्यायपालिका बनाउने जिम्मेवारी पूरा गर्छु : प्र...
२०८० आश्विन १२, शुक्रबार
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश
२०८० आश्विन १०, बुधबार
त्रियुगा पूर्वनगरप्रमुख चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा, १ कर...
२०८० आश्विन १०, बुधबार
अख्तियार र सिआइबीबाट जोगिएका माधव नेपाल र बाबुराम भट्टराई सर...
भर्खर
-
१ घण्टा अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
२ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
२ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
३ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
४ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
४ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन