
कोशी प्रदेश सरकारविरुद्धको रिटमा बहस सकियो

वर्णन संवाददाता
२०८० भाद्र २१, बिहीबार १३:३२:००
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमा सबै जवाफी बहस सकिएको छ ।बिहीबार अधिवक्ताहरु केशव बडाल, सुरेन्द्र भण्डारी र टिकाराम भट्टराईले जवाफी बहस गरेका थिए ।
सबै बहस सकिएसँगै आजै फैसला आउन सक्ने बताइएको छ ।मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उनीविरुद्ध रिट दायर गरेका थिए ।
यसअघि पनि मुख्यमन्त्री थापाले सभामुखको संलग्नतामा विश्वासको मत लिएको भन्दै रिट दायर भएको थियो । सर्वोच्चले उनले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै उल्ट्याइदिएको थियो ।
त्यससँगै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सभाअध्यक्षले समेत विश्वासको मत दिएसँगै फेरि रिट परेको थियो ।
सम्बन्धित खवर
२०८० आश्विन १२, शुक्रबार
एमालेको बागमतीमा नयाँ नेतृत्वका लागि दाहाल र ढुंगेलबीच प्रति...
२०८० आश्विन ७, आईतवार
कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्म...
२०८० आश्विन ६, शनिबार
गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै
२०८० भाद्र २३, शनिबार
अबको भूमिका पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनेतर्फ: एमाले लुम...
२०८० भाद्र २१, बिहीबार
सुदूरपश्चिममा आज गौरा मनाइँदै
भर्खर
-
१८ मिनेट अगाडिभाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस...
-
३७ मिनेट अगाडिराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र ल...
-
५० मिनेट अगाडिप्रधानमन्त्री स्वदेश फिर्ता
-
१ घण्टा अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
-
१ घण्टा अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
२ घण्टा अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन