
कोशी सरकारविरुद्धको मुद्दा:प्रतिवादीको बहस आज


काठमाडाैँ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हिजाे हेर्दा हेर्दैमा पर्याे।
सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दा हेर्दैमा परेको हो । अब मुद्दाको सुनुवाइ आज हुनेछ।
देश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा निवेदक पक्षको बहस सकिएको छ । आज प्रतिवादी कोसी सरकारका पक्षको बहस हुनेछ । बुधबारसम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीपक्षका एक वकिलले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।