
महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश

रासस
२०८० भाद्र १३, बुधबार २३:१८:००
काठमाडाैँ।सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले आज उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गरी सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय गरेको थियो ।
अदालतले काठमाडौँ महानगरपालिकासँग विद्यालय व्यवस्थापन समिति अध्यक्ष हटाउनुका कारणसहित लिखित जवाफसमेत माग गरेको छ ।
महानगरको उक्त निर्णय संविधान, शिक्षा ऐन र नियमावलीविपरीत रहेको उल्लेख गर्दै १८ वटा सामुदायिक विद्यालयका अध्यक्षले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सम्बन्धित खवर
सर्वोच्चका न्यायाधीशको कार्यकाल सात वर्षमात्रै कायम गर्न नेप...
खाँणलाई थुनामा पठाउनेमाथि 'कारवाही', विशेषका बदनाम न्यायाधीश...
सक्षम र सुदृढ न्यायपालिका बनाउने जिम्मेवारी पूरा गर्छु : प्र...
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश
त्रियुगा पूर्वनगरप्रमुख चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा, १ कर...
अख्तियार र सिआइबीबाट जोगिएका माधव नेपाल र बाबुराम भट्टराई सर...
भर्खर
-
१ घण्टा अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
१ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
२ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
३ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
४ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन