
मन्त्रीपरिषद् बैठक: एसईई खारेजीको प्रस्ताव

वर्णन संवाददाता
२०८० श्रावण १८, बिहीबार ०६:३७:००
काठमाडाैँ। विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो।
विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय तहलाई र माध्यमिक तहको अन्तिम परीक्षा (कक्षा १२) को सञ्चालनको अधिकार राष्ट्रिय परीक्षा बोर्डमा नै निहित हुने तर एसइई खारेज गर्ने प्रस्ताव गरिएको छ।
कक्षा १० को परीक्षा भने सम्बन्धित विद्यालयले नै लिने गरी प्रस्ताव गरिएको छ। नेपालमा १९९० सालदेखि एसएलसी परीक्षा सुरु भएको हो र २०७३ सालबाट यसको नामकरण एसइई भएको हो।
सम्बन्धित खवर
२०८० आश्विन ९, मंगलवार
लमजुङ जिल्ला अस्पतालमा डाक्टर अधिकारीलाई वडाध्यक्षद्वारा कुट...
२०८० आश्विन ८, सोमबार
आन्दोलनरत शिक्षकहरु फर्किए आफ्नो कार्यक्षेत्रमा
२०८० आश्विन ६, शनिबार
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने
२०८० आश्विन ६, शनिबार
शिक्षकका नेताहरूले राहत शिक्षकलाई देखाएर आन्दोलन गरे, आफ्ना...
२०८० आश्विन ६, शनिबार
सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकले किन जनाए अस...
२०८० आश्विन ६, शनिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक:शिक्षा विधेयकबारे छलफल हु...
भर्खर
-
२९ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
३४ मिनेट अगाडिविभिन्न धनमाल चोरी
-
५४ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
५९ मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
१ घण्टा अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
१ घण्टा अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन