
चारवर्षे स्नातकको महत्तवमाथि प्रश्न उठेकाे हाे?
चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ। चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै त्रिविले फेरि तीनवर्षे बनाउने तयारी गरेको हाे।


काठमाडाैँ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ।
चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ। चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै त्रिविले फेरि तीनवर्षे बनाउने तयारी गरेको हाे। हाल चारवर्षे रहेको स्नातक तहको पढाइको प्रभावकारिता र उपयोगिताका बारेमा गरेको व्यापक छलफलपछि त्रिविले यस्तो तयारी गरेको हो।
विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने सुझाव विभिन्न संकायका डिनले दिएका थिए । पछिल्लो समय त्रिविमा विद्यार्थीलाई एउटै तह उत्तीर्ण गर्न चार वर्ष समय खर्च गर्नुपर्ने बाध्यता छ । २०५२ सालसम्म नेपालमा दुई वर्षको रहेको थियाे। २०५३ सालदेखि २०७१ सम्म तीन वर्षको बनाइएको थियो । तर विदेशका कतिपय विश्वविद्यालयमा चारवर्षे स्नातक तह रहेको छ। त्यसैलाइ मध्यनजर गर्दै त्रिविले २०७२ सालदेखि चारवर्षे स्नातक कार्यक्रम सुरु गरेकाे थियाे।
त्रिविले सबैभन्दा पहिला २०७१/७२ सालदेखि व्यवस्थापन सङ्कायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो। २०७६ मा त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई तीनवर्षेबाट चारवर्षे बनाएको हाे। परीक्षा नियन्त्रण कार्यालयले समेत स्नातकलाई चारवर्षेबाट झारेर तीनवर्षे नै बनाउनुपर्ने राय व्यक्त गरेको छ।अहिले पनि त्रिविमा स्नातकका कुनै विषयमा पढाइ सुरु भएको डेढ वर्षसम्म विद्यार्थीले परीक्षा दिन नपाएका घटना छन्।अहिले चार वर्षको बनाएपछि अन्तिम परीक्षा दिने विद्यार्थी ३० देखि ३२ प्रतिशत बाँकी रहने गरेका छन् ।
चारवर्षे स्नातकको नतिजा आउँदासम्म ६ वर्ष लाग्ने, स्नातक उत्तीर्ण भइसक्दा पनि जागिरको ग्यारेन्टी नहुने जस्ता कारणले भर्ना हुने र ड्रप आउट हुने विद्यार्थी बढिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार स्नातक तह अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा २०७८ सालमा पहिलो वर्षको परीक्षा दिन १३ हजार जनाले फाराम भरेकामा तेस्रो वर्षको परीक्षा (२०८० साल) मा आइपुग्दा नौ हजार जना मात्रै बाँकी रहेका छन्।
स्नातकलाई तीनवर्षे बनाउँदा स्नातकोत्तर तहको अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले सम्बन्धित मुलुकमा गएर थप एक वर्षको ‘ब्रिज कोर्स’ गर्नुपर्दथ्यो तर स्वदेशमै चारवर्षे स्नातक पढेपछि भने स्नातकोत्तरका लागि ‘ब्रिज कोर्स’ गर्नुपर्ने बाध्यता हटेको थियाे। तर अब त्रिविले फेरि स्नातकलाइ तिन बर्षमै ल्याउँदा विध्यार्थिले भने समस्या खेप्नुपर्नेछ।
त्रिविले चार वर्षलाइ तिन वर्षमा ल्याउनु भन्दा चार वर्षकाे पढाइलाइ नै प्रभावकारी बनाउँदा उचित हुने देखिन्छ।