
काँडेतार चलचित्रको च्यारिटी शो सम्पन्न,संस्कृतिमन्त्री किराँती लगायतको उपस्थिति


काठमाडाैँ। निर्देशक तथा अभिनेता नवल खड्काद्वारा निर्मित चलचित्र ‘काँडेतार’को च्यारिटी शो सम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डमा गरिएको पहिलो शोमा नागरिक उड्डयनका पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँती, सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, समाजका विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ, विद्वान, बौद्धिक समुदाय तथा युवाहरुको उपस्थिति थियो।
माननीय मन्त्रीहरुबाट यो फिल्म विषयवस्तुले परिपूर्ण, नेपाल र नेपालीको स्वभिमानलाई उजागर गर्ने सरल तथा सहज दृश्य–प्रस्तुति र सिने–प्रविधिको उच्चतम प्रयोग भएका कारण हरकोही नेपालीले हेर्नैपर्ने भनी प्रतिक्रिया व्यक्त गरेका छन्।
साथै चलचित्र प्रदर्शनमा सहभागी भएका अभियन्ता, विज्ञ, विद्वान, बौद्धिक समुदाय तथा युवाहरुको श्यावासी र प्रशंशाबाट धेरै भन्दा धेरै ऊर्जा मिलेको निर्देशक खड्काले बताए।
सामना फिल्मस् प्रालिद्वारा निर्मित चलचित्र ‘काँडेतार’ खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ।
यो फिल्मस् आगामी फागुन २५ बाट देश तथा विदेशका चलचित्र हलहरुमा प्रदर्शन गरिदैंछ। त्यसबेला पनि यसरी नै चौतर्फि साथ, समर्थन र सहयोगको अपेक्षा राखेका छौं निर्देशक खड्काले भने।
त्यस्तै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, मुरलीधर लगायतले चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेका छन् ।