
राम घिसिङद्वारा लिखित पुस्तक 'प्रेरणा र सफलता’ सार्वजनिक


काठमाडौँ। शिक्षक,लेखक तथा बिशाल नेपालका अभियानबाट परिचित राम घिसिङद्वारा लिखित कृति 'प्रेरणा र सफलता’ सार्वजनिक भएको छ।
सरल प्रकाशनबाट प्रकाशित कृतिमा लेखकका विद्यार्थी, शिक्षक साथै अन्य पाठकप्रति मध्यनजर राखेर विभिन्न विषयसुचीलाई उक्त पुस्तकमा संलग्न गर्नु भएको छ ।
यस अघि घिसिङको कृति 'तामाङ साहित्यको सर्वेक्षण' 'भाषणकला' प्रकाशन भैसकेको छ । उक्त कृतिले पाठक माझ राम्रो छाप छोड्न सफल भए पछि घिसिङको 'प्रेरणा र सफलता' तेस्रो पुस्तक हो।
यस पुस्तकमा सात एकाइ छन्। "भिन्न भिन्न एकाइले जो कोहिको जीवनलाई सकारात्मक परिवर्तनको शिक्षा दिने छ", घिसिङले भन्नु भयो।
थप्दै उहाँ भन्नू हुन्छ 'प्रेरणा र सफलता' यस्तो पुस्तक हो जुन पाठकले पढनु हुन्छ उहाँले आफुलाई प्रेरणा ,आत्मविश्वास र साहसले भरिएको अनुभव गर्दै पढ्नु हुनेछ भन्ने बिस्व लिएको छु । सरल प्रकाशनको सरल पुस्तक तर गहन कुरा पुस्तकमा रहेको पनि उहाँले जानकारी दिनु भयो।
आजको युग विज्ञानको र प्रबिधिको युग हो।यस युगमा आफ्नो लक्ष्य अनुरुपको जुन बिषयमा अघि बढे पनि सफलता प्राप्त गर्न सकिन्छ ।सफलता भन्नू आफ्नो क्षेत्रमा कुशल र असल भएर लक्ष्य चुम्नु हो।
तसर्थ युगको आवाज सुनेर युग अनुसारको मान्छे बन्न आफुलाई जिवनमा आवाश्यक पर्ने ज्ञान लिनुपर्दछ । जस्का लागि यो पुस्तक "प्रेरणा र सफलता"अति आवस्यक पर्न सक्छ । तपाईंले पनि जीवन सकारात्मक राख्न यस पुस्तक अध्यन गर्न सक्नु हुने छ।