
‘म त मर्छु कि क्या हो’ ले पायो २१ लाख भन्दा बढी भ्युज


काठमाडौं। लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस) तथा कुन्जना घिमिरे (सुन्तली) को नयाँ वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
सार्वजनिक भएको छोटो समयमै यो फिल्मले युट्युबमा राम्रो भ्युज पाएको हो । सार्वजनिक गरिएको १२ दिनमा आइतवार दिउँसोसम्म फिल्मलाई युट्युवमा २मिलियन बढी भ्युज मिलेको छ।
फिल्ममा उनीहरु धुर्मुस् र सुन्तलीकै भूमिकामा देखिएका छन् । फिल्ममा धुर्मुस र सुन्तलीसँगै रबि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ ।
उनीहरूलाई लामो समयपछि अभिनयमा देख्न पाइयो भन्दै दर्शकले खुशी व्यक्त गरेका छन् । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो ।
यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् ।