
गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु

रासस
२०८० जेष्ठ २१, आईतवार १४:०८:००
खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
एआरवाई न्युजले अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतङ्ककारी मारिएका छन् । सेनाको प्रेस विज्ञप्तिमा भनिएको छ: "पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् र हाम्रा बहादुर सिपाहीहरूको बलिदानले हाम्रो संकल्पलाई अझ बलियो बनाउँछ।" यसैबीच आईएसपीआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतङ्ककारीलाई मारेको बताएको थियो।
उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतङ्कवादी र सुरक्षा बलहरू बीच गोली हानाहान भएको थियो। पाकिस्तानी सुरक्षा बलहरूले तीन दिन अघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचर-आधारित अपरेशन (आईबीओ) मा दुई आतङ्ककारीलाई गोली हानी मारेका थिए।
सम्बन्धित खवर
विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
प्रधानमन्त्री दाहालको चीन भ्रमणः राष्ट्रपति सीसँग भेट्न पाउन...
भारतको नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै
भियतनाम पहिरोमा पाँच जना पुरिए
लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता
चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण...
भर्खर
-
१ मिनेट अगाडिसशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बल...
-
२६ मिनेट अगाडिसभापति लामिछाने: जनतासँग सम्बन्धित साना समस्यामा र...
-
३१ मिनेट अगाडिट्र्याक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरु
-
४६ मिनेट अगाडिपश्चिम राप्ती नदी नियन्त्रण सुरू
-
५२ मिनेट अगाडिदीपेन्द्रका बुवा भन्छन् - छोराका कीर्तिमानले देश ख...
-
५६ मिनेट अगाडिराप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान
लोकप्रिय
-
२ दिन अगाडिन्यायमा धनराजको घन