
पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै ५० वटै ब्रोकर कार्यालयमा सेयर लगानीकर्ताको ताला


पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै लगानीकर्ताहरूले शेयर बजार बन्द गराएका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा सेयर कारोबार गर्दा सरकारले थप कर लगाएकाले काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरिएको आन्दोलनरत अगुवा लगानीकर्ता नयन बास्तोलाले जानकारी दिए ।
ब्रोकर कार्यालयको मूल गेटमा ताला लगाउन, ताला खोलेर कसैलाई पनि भित्र छिर्न नदिन र तोकिएको पर्चा टाँस्ने तथा सोही गेट आसपासमा बसेर दिनभरि निरीक्षण गर्ने स्टक ब्रोकर्स एशोसिएशन नेपालले जनाएको छ ।
विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७।५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लगानीकर्ताले राखेका छन् ।सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुबिधा उत्पन्न हुने गरी सूचनाहरू जारी गरेपछि लगानीकर्ता रुष्ट भएका छन् ।
आन्तरिक राजस्व विभागले पनि विद्यमान पुँजीगत लाभकर यथावत् रहेको विज्ञप्तिमार्फत प्रस्ट पारेको छ ।