
राष्ट्रिय रिङ रेस्लिङ आज

वर्णन संवाददाता
२०८० जेष्ठ २०, शनिबार ०९:००:००
काठमाडाैँ। नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
जसमा हेभीवेट विजेताले रु एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले रु एक लाख, फिमेल म्याच विजेताले रु ८० हजार र लाइट वेट विजेताले रु ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतिष्पर्धाका लागि नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् । सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् भने कार्यक्रम प्रस्तोतामा जीवन तामाङ रहनेछन् ।
प्रवेश निःशुल्क रहेको एकदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।
सम्बन्धित खवर
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरण...
क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको ब...
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
नेपाल क्रिकेट संघ चुनाव अपडेट सचिवमा पारस कि प्रशान्तविक्रम...
भर्खर
-
७ मिनेट अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
१७ मिनेट अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
-
१ घण्टा अगाडिविभिन्न धनमाल चोरी
-
१ घण्टा अगाडिराष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आव...
-
१ घण्टा अगाडिडुबेर मृत्यु
-
१ घण्टा अगाडिफार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री ब...
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?