
कसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?
घुखखोरी र भनसुन मन नपराउने कार्कीले विकृतिविहन न्यायपालिका अध्ययन समितिको नेतृत्व समेत गरेकाले प्रयाप्त समय पाएका भए उनले विशेष काम गर्न सक्नुपर्दथ्यो...


काठमाण्डौं। आफूले नेतृत्व सम्हालको आठ महिना वितिसक्दा पनि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीेले न्यायालयमा देखिनेगरी काम गर्न किन सकेनन भन्नेहरु धेरै छन् ।
बारको नेतृत्वबाट आएको र महान्यायाधीवक्ता समेत भएको व्यक्तिले कायम मुकायम प्रधान न्यायाधीश बन्दा समेत न्यायालयमा खासै सुधार गर्न नसकेकोमा सुधार चाहनेहरु निरास हुन पुगेका छन् । घुखखोरी र भनसुन मन नपराउने कार्कीले विकृतिविहन न्यायपालिका अध्ययन समितिको नेतृत्व समेत गरेकाले प्रयाप्त समय पाएका भए उनले विशेष काम गर्न सक्नुपर्दथ्यो भन्नेहरु धेरै छन् । यद्यपी कामय मुकायम प्रधान न्यायाधीशकै हैसियतले पनि गर्न सक्ने धेरै कुराहरु थिए, जो कार्कीबाट किन भएनन ?
आगामी एकमहिना मात्रै अब कार्कीले सक्रियताका साथ काम गर्ने र अर्को एक महिना अवकाशका लागि कुर्नुपर्ने न्यायापालिकाको परिपाटी भएकोले कार्र्कीले अब गरिहाल्न सक्ने केही नभएकोले उनलाई कसले र किन कमजोर किन बनायो भन्ने चौतर्फी समीक्षा सुरु भएको छ ।
अदालतभित्रको आन्तरिक सोपान जान्नेहरुका अनुसार कार्कीलाई सर्वाेच्च अदालतका एक, दुई र तीन नम्बर श्रीमानले भनेजसोगरी अघि बढ्न दिएका छैनन ।एक नम्बर अर्थात् कार्कीभन्दा पछि प्रधान न्यायाधीशको पद कुरेर बसिरहेका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, दुई नम्बर अर्थात् न्यायाधीश इश्वर खतिवडा र तीन नम्बर अर्थात् न्यायाधीश डा आनन्दमोहन भट्टराई । यी तीनजनाको सहमति र स्वीकृतिविना कार्की डेग पनि चल्न नसक्ने भएकाले उनले मात्रै कुनैपनि विषयमा एकलौटी निर्णय लिन नसकेका हुन ।
यसैपछि प्रधान न्यायाधीशले मात्रै एक्लै गर्न सक्ने काम थियो मुद्दा तोक्ने । त्यो पनि गोलाप्रथा लागू भएसंगै प्रधान न्यायाधीशको मुद्दा तोक्ने विशेषाधिकार कटौति भएपछि प्रधान न्यायाधीश पखेटा काटिएको चरी झै बन्न पुगेका छन् ।
एक नम्बर न्यायाधीशलाई भावी प्रधान न्यायाधीशको रुपमा न्यायपालिकामा हेरिने भएकाले अदालतको सम्पूर्ण व्यवस्थापन, कर्मचारी र आन्तरिक प्रणालीले विश्वास गर्ने, आफ्ना कुराहरु राख्ने र प्रधान न्यायाधीशलाई एकलौटी अघि बढ्न नदिने परिपाटीका कारण यसैपनि प्रधान न्यायाधीश एक्लैले केही गर्न सक्ने अवस्था हु“दैन । त्यसमाथि पनि अबकाश पाउन लागेको कायम मुकायमलाई न्यायपालिकामा पुछ्ने गरिन्न भनिन्छ ।
“विवादमा पर्न चाहनेहरु पनि पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा जसरी अघि बढ्न खोजे आन्तरिक विद्रोह हुनसक्ने संभवना रहन्छ, कार्की त यसैपनि विवाद नचाहने व्यक्ति भएकाले उनी विस्तारै अब अवकाशको मानसिकतामा छन्,” कार्की निकट न्यायालय उच्च श्रोत भन्छ, “प्रधान न्यायाधीश बनेपनि वा कायम मुकायमबाटै अबकाश पाएपनि कार्कीको काम गर्ने शैली खासै फरक हुने छैन । प्रधान न्यायाधीश बन्दा अलिकति बढी पेन्सन आउने मात्रै हो अरु कुरा उनलाई केही फरक पर्दैन ।”
न्यायपरिषद्को आन्तरिक प्रणाली समेत पहिलो नम्बरको श्रीमान्मा जाने गरेको पुराना अभ्यासहरुबाट समेत पुष्टी भइसकेको पाइन्छ ।यसैपनि कार्की नेपाल बारबाट आएकाले पहिल्यै मर्का परेको मानिएका श्रेष्ठ, खतिवडा र डा भट्टराईले खुलेर सहयोग नगर्नुलाई पनि न्यायालयभित्र आश्चर्यको रुपमा लिइएको छैन ।संवैधानिक परिषद्बाट प्रधान न्यायाधीशमा सिफारिस भएपनि कार्कीले संसदीय सुनुवाई हुन नसक्दा पूर्ण रुपमा प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्न पाएका छैनन । जेठभरीमा संसदीय सुनुवाई भएर काम थाल्दा पनि कार्कीले असार १९ पछि इजलास बस्न पाउने छैनन । त्यसको एकमहिनामा अर्थात् साउन १९ गते अनिवार्य अवकाश पाउने भएकाले कार्की असार १९ देखि नै सक्रिय भूमिकाबाट अलग हुनेछन् ।
आगामी चार हप्ता उनका लागि पलपल गिन्तिका दिन हुनेछन् । कुनै चमत्कार भएमा बाहेक उनी प्रधान न्यायाधीशको पूर्ण जिम्मेवारीमा पुग्ने संभवना टरिसकेको पनि शुत्रहरुको दावी छ ।
उनले तत्कालै प्रधान न्यायाधीशमा नियुक्ति पाउंदा पनि न्यायालय सुधारका कुरा त परै जाउन, उनले प्रधान न्यायाधीशमा नाम सम्म अंकित गर्न पाउने छन् र पूर्व प्रधान न्यायाधीशहरुको लहरमा आफ्नो फोटो झुण्ड्याउन पाउनेछन् ।
प्रधान न्यायाधीशको पद १६ महिनादेखि खाली छ । कायम मुकायमको हैसियतमा आफूले कुनै काम नगर्ने अडान राखेका कारण नै कार्कीले कुनै महत्वपूर्ण काम गर्न सकेका छैनन । कार्कीले तत्काले सर्वाेच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको नियुक्ति गर्न सक्ने संवभाना समेत टरिसकेको शुत्रहरुको दावी छ ।