
‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

वर्णन संवाददाता
२०८० बैशाख २६, मंगलवार ०८:५०:००
काठमाडाैँ। साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्नुहुँदै यतिबेला मानिसको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको छ ।
साहित्यकार वासुदेव अधिकारीले दुवै उपन्यासले समाजको यर्थाथलाई चित्रण गरेको बताउनुभयो । यलो सुइटमाथि टिप्पणी गर्दै साहित्यकार डा विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताउनुभयो ।
राष्ट्रिय जनसाहित्य सङ्घका अध्यक्ष राम विनयले समाजका न्यून वर्गीय पक्षमा साहित्य हुनुपर्ने बताउनुभयो । लेखिका भुसालले उपन्यासमा १७ वर्षको अनुभवमा आफूले देखे–भोगेका कुरालाई उतारिएको बताउनुभयो ।
उहाँले कठघरा माओवादी सशस्त्र द्वन्द्व र येलो सुइट होटल व्यवसायमा काम गर्ने एक महिला कामदारको कथा रहेको जानकारी दिनुभयो ।
सम्बन्धित खवर
चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठकआज बस्दै
आज यि चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
बन्दीको मुद्दामा सर्वोच्चको खेलाँची, भट्टराई र फुयालको आदेशल...
सांसदले सिफारिस गरेका योजना नगरेपछि सुदूरपश्चिममा लफडा, कांग...
आज - २३ आषाढ २०८० शनिवार को राशिफल
मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना
भर्खर
-
१ घण्टा अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
१ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
२ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
३ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
३ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन